पल शाहलाई अर्को मुद्दामा पनि थुनामा राख्ने आदेश
काठमाडौं । अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो । अभिनेता शाहविरुद्ध नाबालिका गायिकालाई विहेको प्रलोभन देखाएर पटक–पटक जवरजस्तीकरणी गरेको आरोप छ ।
पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए । शाहविरुद्ध १२ देखि १४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग दाबी सरकारी वकिलले गरेका छन् ।