कांग्रेस नेता बानियाँद्वारा मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

तु खबर संवाददाता
२०७८ चैत्र ३०,बुधबार ०९:४०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ईन्द्रसरोवर गाउँपालिकामा रहेको एक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

नेता बानियाँले मंगलबार एक कार्यक्रमबीच इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा व्यक्तिगत लगानीमा खरिद गरेको एम्बुलेन्स इन्द्रसरोवर–१ का वडाध्यक्ष जमानसिंह वाइबालाई हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका संस्कृती तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, कांग्रेस ललितपुर महासमिति सदस्य मिनकृष्ण महर्जन, कांग्रेस इन्द्रसरोवर सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठ, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।