डब्लुएचओका महानिर्देशक बैशाख ८ गते नेपाल आउने

तु खबर संवाददाता
२०७९ बैशाख २,शुक्रबार १४:५७
file-photo

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । गेहब्रेयससहितको टोली बैशाख ८ गते नेपाल आउने भएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार, उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेका छ ।