ठूलो दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

तु खबर संवाददाता
२०७९ बैशाख ४,आईतवार १५:३४

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट बिहान ११ बजेर ४७ मिनेटमा उडेको एसएमए ४०७ उडान नम्बरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ । सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।