डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै

तु खबर संवाददाता
२०७९ बैशाख ८,बिहीबार ०८:३३
file-photo

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । उनी स्वास्थ्य तथा जनसख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । महानिर्देशक टेड्रोस भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साथै उनले परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य तथा जनसख्यामन्त्री खतिवडासँग पनि भेट गर्नेछन् ।