प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भेटवार्ता भएको हो ।
भेटको क्रममा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराए । साथै उनले कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि धन्यवाद व्यक्त गरे ।
यस्तै, महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्रायः सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो ।