बागमतीसहित चार प्रदेशका प्रहरी प्रमुखको सरुवा
![](https://www.tukhabar.com/wp-content/uploads/2020/09/nepal-police.jpg)
काठमाडौं । गृह मन्त्रालयले चार वटा प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीको सरुवा तथा पदस्थापन गरेको हो । सरुवा सूची अनुसार, बागमती प्रदेशका प्रहरी प्रमुख (डीआईजी) प्रकाशजंग कार्कीको सरुवा भएको छ । कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।
कार्कीको सरुवा भएसँगै बागमतीमा डीआईजी पुजा सिंह आउने भएकी छन् । यस्तै, मन्त्रालयले लुम्बिनीको जिम्मा नलप्रसाद उपाध्याय, सुदूपश्चिमको जिम्मा मोहनकुमार आचार्य र मधेशको जिम्मा मसाउद आलम खाँलाई दिएको छ ।
राजेन्द्रप्रसाद चौधरीलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने प्रदेश २ का उमेश रञ्जितकार, लुम्बिनीका मुकुन्द आचार्यलाई प्रहरी प्रधान कार्यालय र सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।