हेटौंडामा ५ दिने उद्यम विकास तालिम

मकवानपुर । मकवानपुरको हेटौंडामा बजार विश्लेषण तथा उद्यम विकास तालिम संचालन भइरहेको छ । तालिम सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजना एवम् वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलबारबाट सुरु भएको हो ।
बैशाख १७ गतेसम्म संचालन हुने उक्त तालिम सामुदायिक वनमा उद्यम सञ्चालन गरी उत्पादित बस्तुहरुलाई कसरी बजारसम्म पुर्याई आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरेको महासंघले जनाएको छ ।
तालिम सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यता एवम् महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा उद्घाटन भएको हो । तालिममा विभिन्न सामुदायिक वनका ३० जनाको सभागिता रहेको फेकोफनकी सहजकर्ता अन्जली थापाले बताईन ।