टयाङ्करको ठक्करबाट महिलाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार टयाङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले ठक्कदर दिँदा एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिलादेवी यादव रहेकी छन् । ट्याङ्करको टक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा निजगढ स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक उनकै २५ वर्षीय छोरा विजय यादवको अवस्था भने सामान्य भएका छन् ।