बीमा कम्पनीहरु स्वीकृती लिएर आइतबार पनि खोल्न पाइने

तु खबर संवाददाता
२०७९ जेष्ठ १२,बिहीबार १७:४३
file-photo

काठमाडौं । बीमा समितिबाट स्वीकृत प्रदान गरेको कम्पनीहरुले आइतबार पनि खोल्न पाइने भएको छ । बीमा समितिले बीमितहरुको सुविधाको लागि आइतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा समितिबाट स्वीकृत लिएर खोल्न पाउने जनाएको छ ।

सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि बीमा कम्पनीहरुले भने आइतबार पनि सेवा प्रवाह गर्ने व्यवस्था गरेको हो । हाल राष्ट्र बैंकको इजाजत लिएर केहि बैंकहरुले आफनो शाखा कार्यालय मार्फत ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आएको छ । बीमा कम्पनीहरुले आइतबार सेवा दिएको छैनन् ।