स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई एमालेले कारवाही गर्यो

तु खबर संवाददाता
२०७९ जेष्ठ १८,बुधबार १५:४५
file-photo

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । एमालेले कास्कीका तीन जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो ।

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गरेको जानकारी दिएका हुन् । जसमा संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै संगठित सदस्य प्रशान्त आचार्य रहेका छन् ।

जारी विज्ञप्तीमा पहारी र आचार्यलाई संगठित सदस्यबाट हटाउनुका साथै अर्याललाई वडा कमिटीको जिम्मेवारीबाट मुक्त र पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको उल्लेख छ ।