सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
तु खबर संवाददाता
२०७९ जेष्ठ २०,शुक्रबार ०९:३५
बारा । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि २० दिन दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले जेठ २४ गतेदेखि असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको हो ।
सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार, नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुनेछ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो ।