नवलपरासीको जिल्ला अदालतमा चल्यो गोली

तु खबर संवाददाता
२०७९ जेष्ठ २३,सोमबार १८:३९
file photo

नवलपरासी । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा सोमबार गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीका अनुसार, यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर एक राउण्ड गोली चलाएको हो । उनी हाल फरार छन् ।

घटना अदालत भन्दा ५ सय मिटर ढाट भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेका प्रहरीले जनाएको छ । गोली कसैलाई नलागेको जनाइएको छ ।