नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने भएको छ । त्यसका लागि आगामी असार २ गतेसम्म पार्टीका निर्वाचित देशभरका जनप्रतिनिधिलाई काठमाडौं आइसक्न महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।
एमालेले जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने प्रशिक्षण कार्यक्रममा एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सहभागी हुनेछन् ।
यसअघि नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिएको थियो ।