लोक सेवाले लिएको खाद्य संस्थानको लिखित परीक्षा रद्द
काठमाडौं । लोक सेवा आयोगबाट अधिकृतका लागि लिइएको नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द गरिएको छ । पदपूर्ति समितिको जेठ २४ गतेको निर्णयअनुसार २०७५ चैत २६ र २७ गते लिइएको परीक्षा रद्द गरिएको हो ।
लोक सेवाले पनि जेठ १६ मा उक्त लिखित परीक्षा रद्द गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज एक सूचना जारी गर्दै उक्त लिखित परीक्षा रद्द भएको जानकारी गराएको हो । सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसला र लोक सेवाको २०७८ पुस २६ को निर्णयबाट ती परीक्षा रद्द भएका हुन् ।