मानव बेचविखन रोकथाम तथा सुरक्षित बसाइसराईबारे अन्तरक्रिया
![](https://www.tukhabar.com/wp-content/uploads/2022/06/narisip-1.jpg)
मकवानपुर । नारी सीप सृजना केन्द्र मकवानपुरले मानव बेचविखन रोेकथाम तथा सुरक्षित बसाइसराई सम्बन्धी मकवानपुरका संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रले मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रर्वद्धन परियोजना अन्तरगत बिहीबार हेटौंडामा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम नारी सीप सृजना केन्द्र मकवानपुरकी सदस्य दुर्गा नेपालको सभाध्यक्षतामा भएको हो । अन्तरक्रिया कार्यक्रममा अधिवक्ता मुकुन्द प्रसाद अधिकारीले मानव बेचविखनको समस्या र मानव बेचविखन नियन्त्रणमा देखिएका चुनौतिलगायतको बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा नारी सीपका कार्यकारी निर्देशक चिरन्जीबी पौडेल, फिल्ड संयोजक गिता अर्याल, परियोजना संयोजक ज्योती बम्जन र मकवानपुरका संचारकर्मीहरुको सहभागिता थियो ।