यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ । अमेरिकी डलर बढेर एक डलरको बिक्री दर १२५ नाघेको छ । यस्तै, युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५८ पैसा रहेको छ ।