एमालेको अवरोधपछि संसद बैठक स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ ३१,मंगलवार १७:५३
file-photo

काठमाडौं । नेकपा एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । विनियोजन विधेयकमाथिको छलफलका लागि बोलाइएको मंगलबारको बैठकमा एमालेले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

एमालेका सांसदहरुले  बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेका थिए । समिति गठन नभएसम्म संसद अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।