प्रकाश श्रेष्ठको कविताः डियर मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2022/06/dear_mritu.jpg)
डियर मृत्यु !
तिमी आयौ
मेरो कुनै गुनासो छैन
तर, मेरो अनुरोध छ
केही समय अझै पर्ख
बरु मसंगै हिड
जाउँ भेट्न लाई
एक ………….
मसुर गायक
मूर्धन्य चित्रकार
लोकप्रिय गजलकार
बरिस्ठ डाक्टर
ख्यातिप्राप्त इन्जिनियर
प्रशिद्ध पत्रकार ।
त्यो गायक जसलाई मैले
उनको यादहरुको गीत गाउन लगाएको छु
त्यो चित्रकार जसलाई मैले
उनलाई गरेको चोखो मायाको चित्र कोर्न लगाएको छु
त्यो गजलकार जसलाई मैले
उनको बयान पुग्ने गरी गजल लेख्न लगाएको छु
त्यो डाक्टर जसलाई मेरो
मानसपटलमा भएकी उनको सीटी स्क्यान गर्न लगाएको छु
त्यो इन्जिनियर जसलाई मैले
उनको लागि देखेको सपनाको महलको डिजाइन गर्न लगाएको छु
त्यो पत्रकार जसलाई मैले उनलाई पाउन गरेको ठुला ठुला आन्दोलनको कथा छाप्न लगाएको छु ।।
डियर मृत्यु ! मलाई जान्न मन छ
त्यो गीतको संगीत,भाका र लय कस्तो सुनियो होला
त्यो चित्रको आकृति प्रेमिल भयो कि भएन होला
उनको बयान पुग्नेगरी गजल कोरियो कि कोरिएन होला
सीटी स्क्यान गर्दा उनको यादको रिपोर्ट कस्तो आयो होला
उनको लागि सपनाको महल कत्ति तलाको भयो होला
पत्रकारले मेरो त्यागको कथा कुन पृष्ठमा छाप्यो होला ।।।
डियर मृत्यु ! अझै थोरै फुर्सद छ भने
ती मन्दिर ,गुम्बा , चर्च र मस्जिदहरुमा जाउँ जहाँ मैले
उनको स्वास्थ,प्रगति र भबिस्यको लागि प्राथाना गरेको छु
पुजा गरेको छु, भाकल गरेको छु,कामना गरेको छु ।।।।
डियर मृत्यु ! मलाई थाहा पाउन मन छ
मेरो प्राथाना , पुजा, भाकल र कामनाको खबर के छ होला
मन्दिरको घण्टीहरुमा तुर्लुङ्ग झुन्डिरहेको पो छ कि !
या, गुम्बाको प्रवेशद्वार देखिनै असरल्ल छरिएको छ कि !
या,चर्चमा बलिरहने अबलमभि को धुवाँसंगै उढिगयो कि !
या, मस्जिदमा बाधिने मनोकामनाको धागोसंगै बाधिरहेको पो छ कि ! ।।।।।।
डियर मृत्यु ! अब त तिमिलाई कौतोहल पक्कै लाग्यो होला
उनको नाम के होलार ? भनेर !
उनी अग्लो– होचो, मोटो पातलो कस्ती छिन् भनेर !
केस घुम्रि परेको वा सिल्की कस्तो छ होला ? भनेर !
मुस्कुराउँदा गालामा डिम्पल र रिसाउदा आँखा रातो हुन्छ कि हुँदैन होला ? भनेर
उनको आवाज सुरिलो छ कि तीखो छ होला ? भनेर ।।।।।।।
डियर मृत्यु ! तिमी सोध्छौ भने म अवस्य भन्नेछु
उनलाई म मायालु शब्दमा
कहिले मेरो देशको प्रिय शान्ति भनेर बोलाउछु
त ,कहिले हराएको प्रिय खुशी भनेर
कहिलेकाहीँ प्रिय प्रगति भनेर बोलाउँछु
त, कहिले प्रिय विकास र समृद्धि भनेर ।।।।।।।
डियर मृत्यु ! अब तिमी थाक्यौ भने,
मलाई एकछिन जान देउ
म मेरो प्रियसीलाई अन्तिम पटक भेटेर आउछु
अहिलेसम्म भन्न नसकेको कुरा भनेर आउँछु
देखाउन नसकेको माया बिस्कुन लगाएर आउँछु
साष्टाङ्ग प्रणाम गरेर आउँछु पुजनीय बुवा आमालाई
र भन्नेछु बुढेसकालको लठ्ठी बन्न सकिन भनेर
अनि भेट्नेछु मेरा आदरणीय गुरुजनहरुलाई
र कृतज्ञ हुनेछु उहाँहरुले दिनुभएको शिक्षा र संस्कारप्रति
अनि भेट्नेछु मेरा ती सबै हितैसी साथीहरुलाई
जसले मेरो बाल्यकाल र युवा अवस्था
कत्ति रमाइलो , रोमान्चित र प्रिय बनाईदिए
अनि सोधेर आउँछु हालखबर छिमेकी र आफन्तहरुको
……….. ढकढक ढकढक ढोकामा कसैले गर्दैथियो !
झसङ्ग मन आत्तियो ! मृत्युले पो हो कि भनेर !
तरआमाले पो रहेछ । ‘उठ्ने बेला भएन ६ बजिसक्यो’
एक जोर आँखाको ढकनी उघ्रियो र भित्ताको घडीमा पर्यो
साँच्चिकै ६ बजेछ ! अनुहार र जिउ पसिनाले भिजेछ
……………उँठे फ्रेस भएँ र लेख्न बसेँ ‘डियर मृत्यु !’