माओवादी मकवानपुरद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई
![](https://www.tukhabar.com/wp-content/uploads/2022/06/mawobadi-makawanpur-e1655608153824.jpg)
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । माओवादीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पार्टी कार्यालमा आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको हो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी, आसा नेपाली, बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), मकवानपुर संयोजक सर्केश घलान लगायतको अतिथ्यता रहेको थियो ।
माओवादी मकवानपुरका सचिव भीम पाख्रिनका अनुसार, जिल्लाको १० स्थानीय तहमा १२६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।तीमध्ये ८ जना कार्यपालिका सदस्य मनोनित भएका छन् भने एक जना जिल्ला समन्वय समितिको सभापतिमा निर्वाचित भएका छन् ।