आन्तरिक उडान रोक्ने वायु सेवा संचालन संघको निर्णय फिर्ता
![](https://www.tukhabar.com/wp-content/uploads/2019/09/japan-udan.jpg)
काठमाडौं । वायु सेवा संचालक संघले आन्तरिक उडान रोक्ने निर्णय फिर्ता लिएको छ । संघले बुधबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको हो । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएको छ ।
वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा संचालकबीच वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णयबाट वायु सेवा संचालक पछि हटेका थिए ।
वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको जानकारी दिए ।