क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ११,शनिबार ०९:४५

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै मृत्यु भएको हो । २९ वर्षीया पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् ।

उनी सान फ्रान्सिस्कोमा लामो समयदेखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् । उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुने गरेकी थिइन् ।