भारी वर्षाका कारण यी स्थानहरुमा हवाई सेवा प्रभावित
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०७९ असार १४,मंगलवार ०८:३९
![](https://www.tukhabar.com/wp-content/uploads/2019/06/jomsom-biman-e1656384848141.png)
काठमाडौं । देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । भारी वर्षाका कारण हवाई सेवा प्रभावित बन्न पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
विभानस्थल स्रोतका अनुसार, आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन सबैलाई आग्रह गरेको थियो ।