यातायात व्यवसायी उपभोक्ता सहकारीको १३ औं साधारण सभा सम्पन्न

तु खबर संवाददाता
२०७९ असार १८,शनिबार १६:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुमनलाल श्रेष्ठ, संस्थापक सचिव सरोज खनाल, कानुनी सल्लाहकार मुकुन्दप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।

यातायात व्यवसायीहरु मिलेर संचालन गरेको यस संस्थाले टायर, लुम्ब्रिकेन्ट, पार्टस् र पेट्रोलियम पदार्थ बिक्री गर्ने गर्दछ । १९४ जना शेयर सदस्य रहेको सहकारीको पुजीँ भने ६ करोड ९० लाख ६६ हजार ८ सय रहेको छ ।