मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउन अनलाइन फाराम भर्नुपर्ने
मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि अनलाइन फाराम भर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मंगलबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
प्रशासनले जारी गरेको सूचनामा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भरी बायोमेट्रिकको लागि कार्यालयमा उपस्थित हुन भनिएको छ ।
प्रशासनले अनलाइन फाराममा दिइएको मितिमा मात्र सक्कल कागजातसहित उपस्थित हुन सबैलाई आग्रह गरेको छ । नेपाल सरकारले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्वर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा आधा रातदेखि लाइन बस्नेहरुको घुइचो लाग्ने गरेको थियो भिड बढेसँगै प्रशासनले यस्तो निर्णय गरेको हो ।