माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

तु खबर संवाददाता
२०७९ असार २५,शनिबार ०९:२४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको हो । बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य सहभागी भएका छन् ।

बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।