प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डका लागि मकवानपुरका ३ खेलाडी छनोट

तु खबर संवाददाता
२०७९ असार २७,सोमबार १९:१२

मकवानपुर । भोलि मंगलबारबाट सुर हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडीको टुंगाो लागेको छ । काठमाडौंको दशरथ रंगशालामा संचालन भएको प्रतियोगितामा प्रदेशस्तरीय खेल्ने खेलाडीको टुंगो लागेको छ ।

प्रदेशस्तरीय प्रतियोगिताका लागि मकवानपुरका तीन जना खेलाडीहरु छनोट भएका छन् । प्रतियोगिताको लागि दुई जना दौडमा र एक जना ज्याबलिङ थ्रोमा छनोट भएको एथलेटिक्स प्रशिक्षक राजाराम पोखरेलले जानकारी दिए ।

छनोट हुनेहरुमा सुजना विश्वकर्मा (दौड), आयुन नेगी (दौड) र सुमन योञ्जन (ज्याबलिङ थ्रो) रहेका छन् । तीनै जना खेलाडीले भोली मंगलबारबाट प्रदेश–प्रदेशबीच हुने प्रतियोेगितामा सहभागी हुनेछन् ।

सोमबार भएको ४ सय मिटर रिले दौडमा छात्रातर्फ मकवानपुर द्वितीय र छात्रतर्फ तृतीय भएको छ । यस्तै, छात्रतर्फको भलिबलमा मकवानपुरको भलिबल टिम तृतीय भएको छ ।