पशुपतिनाथ माविमा शैक्षिक सामग्री निर्माण तालिम

तु खबर संवाददाता
२०७९ असार २९,बुधबार ०८:४४

मकवानपुर । मकवापुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ ।

विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेको तालिममा ४ वटा विद्यालयका १८ जना शिक्षकको सहभागिता रहेको थियो ।

तालिममा पशुपतिनाथ माविसँगै आधार विद्यालयहरु चेपाङ प्रावि, सृजना प्रावि र नवज्योति प्राविका शिक्षकहरुको सहभागीता रहेको थियो । तालिम समापनका अवसरमा पशुपतिनाथ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले तालिममा सिकेका विषयवस्तुले शिक्षकको क्षमता र दक्षतामा बल पुग्ने बताए ।

यस्तै, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।