राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बाह्रौं अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।