उच्च अदालत पाटन हेटौंडा इजलासले गर्यो १२८४ मुद्धाको फैसला
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा चालु आर्थिक वर्षमा १ हजार २ सय ८४ वटा मुद्धाको फैसला भएको छ । शुक्रबार अदालतले पत्रकारहरुसंग अन्तरक्रिया गर्दै यस विषयमा जानकारी गराएको हो । आर्थिक वर्ष २०७८/०७९ मा अनुमानित वार्षिक फछ्र्यौट लक्ष्य १ हजार १९४ रहेकोमा १२ सय ८४ वटा मुद्धा फैसला गरिएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले जानकारी दिए ।,
अदालतमा नयाँ दर्ता अनुमान १ हजार १ सय ४९ रहेको र लक्ष्य पुग्न बाकीँ ९० वटा रहेको जनाइएको छ । आव २०७६/०७७ मा लगत १० हजार ७२ र फछ्र्यौट ६६४ रहेको थियो भने बाँकी ४०८ वटा मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७÷०७८ मा लगत १४ सय ४५ र फछ्र्यौट ८२६ हुनुको साथै ६१९ वटा बाँकी मुद्धा रहेको भट्टले बताए ।
अंग नपुगेका मुद्दाहरु फछ्र्यौट गर्न नसकिएको बताउँदै गोलाप्रथा माघ २ गतेबाट सुरु गरी कुन मुद्धा कसले हर्ने भन्ने सहज भएर पनि आफुहरु लक्ष्यमा पुग्न सफल भएको अदालतका न्यायाधीश अब्दुल अजित मुसलमानले बताए ।
गोलाप्रथा लागु भएपछि न्यायाधीश १० बजे आउने र ११ बजेनै बेन्च बस्ने गर्ने गरेको पाइएको छ । जसका कारण लक्ष्यभन्दा बढी मुद्धा फैसला गर्न सफल भएको उनले बताए । कार्यक्रममा न्यायाधीश मेरिना श्रेष्ठ, निर्मला शाक्यलगायतको उपस्थिति रहेको थियो ।