हेटौंडाको प्रगति माविमा अभिव्यक्तिकला विकास कार्यशाला
मकवानपुर । हेटौंडाको प्रगति माध्यमिक विद्यालयमा दुई दिने अभिव्यक्तिकला विकास कार्यशाला सोमबार सम्पन्न भएको छ । माध्यमिक तहका विद्यार्थीहरुका लागि आयोजित कार्यशालामा विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाएका थिए ।
बालबालिकाहरुको वक्तृत्व सीप विकासका लागि आयोजना गरिएको कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक निरन्जन प्रसाद ढकालको भनाइ छ ।
कार्यशालाका सहभागीहरुलाई प्रशिक्षक छवि अनित्यले सहजीकरण गरेको सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिए । सहभागी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदिप पराजुलीले प्रमाणपत्र वितरण गरेका थिए ।