स्तनपानले पोषणमा सुधार गर्छ : लामा

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार १९:०१

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य निमा लामाले स्तनपानले पोषणमा सुधार गर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा स्वास्थ्य सन्देश जारी गर्दै मन्त्री लामाले स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले पोषणमा सुधार गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने बताएका हुन् ।

मन्त्री लामाद्वारा जारी सनदेशमा नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको उल्लेख गरिएको छ । स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्तनपान सप्ताहको अवसरमा स्तनपानका फाईदाहरुबारे जनचेतना फैलाउन र स्तनपानका फाईदाहरुबारे चेतनाका कार्यक्रम आयोजना गरिने उनको भनाई छ ।

उनले केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारमार्फत स्वस्थ्य प्रणालीहरु, कार्यस्थलहरु र समूदाय लगायतमा लक्षित वर्गहरुलाई कोभिड महामारी पछिको संसारमा परिवारका लागि स्तनपान–मैत्री वातावरण प्रदान गर्न र दिगो बनाउनको लागि उनीहरुको क्षमतालाई सुदृढ गर्न सूचित, शिक्षित र सशक्त बनाइने बताए ।

‘स्तनपानमा अग्रसर हुनका लागि ज्ञान दिऔं र समर्थन गरौं’ भन्ने नाराका साथ अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइँदैछ ।