अब सहचालकलाई पनि लाइसेन्स

तु खबर संवाददाता
२०७९ श्रावण २४,मंगलवार १८:०१

काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक (परिचालक) लाई पनि लाइसेन्स दिने व्यवस्था लागू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्र (लाइसेनस) को व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।

अहिले चालकलाई मात्रै अनुमतिपत्र दिने व्यवस्था छ । यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था छ ।कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् । अब परिचालक बन्न समेत न्यूनतम् योग्यता पूरा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो ।