अझै ६८ स्थानीय तहले बजेट सार्वजनिक गर्न बाँकी

काठमाडौं । सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्रै बजेट पेस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि ती स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार, बजेट पेस गर्नका लागि दुई पटक सूचना सार्वजनिक गरे पनि ६८ वटा स्थानीय तहले बजेट पेस गर्न सकेको छैन ।