आज नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच भेटवार्ता हुने

तु खबर संवाददाता
२०७९ श्रावण २५,बुधबार १०:३०

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।