कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
उक्त बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुनेछ । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति हुने निर्देशन दिइएको छ ।