विज्ञान शिक्षक समाजको भेला, १५ सदस्यीय कार्यसमिति चयन
मकवानपुर । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्तरीय पहिलो नगर भेला सम्पन्न भएको छ । शनिवार हेटौंडा ४ स्थित भुटनदेवी माविको भवनमा भेला गरिएको हो । समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक भरतप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको उक्त भेलाले १५ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ ।
जनज्योति माविका विज्ञान शिक्षक भुपेन्द्र यादवको अध्यक्षतामा सर्वसहमतिमा चयन भएको उक्त समितिमा उपाध्यक्ष स्मृति लम्साल, सचिव सुदर्शन पौडेल, सहसचिव ऋतिक यादव, कोषाध्यक्ष रविन्द्र राउत, सहकोषाध्यक्ष राकेश कुमार लोहार र सदस्यहरूमा विपना खड्का, ईशाहाक राई, अशोक न्यौपाने , निर्मला काफ्ले, ईश्वर रिजाल, रितबहादुर श्रेष्ठ, धनप्रसाद सापकोटा, श्याम उप्रेती र रेश्मा गोले रहेका छन् ।
जिल्ला कार्यसमितिका सचिव सुवास खनालले सहजिकरण गरेको सो कार्यक्रममा जिल्ला अध्यक्ष खेमराज लामिछानेले विज्ञान समाजको भावी कार्यदिशा र कार्यक्रमको उद्धेश्य प्रष्ट पारेका थिए । स्वागत मन्तव्य जिल्ला सहसचिव नितेश ठाकुरले राखेका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिति सल्लाहकार विनोद गुप्ता, जिल्ला कोषाध्यक्ष मनिल कुमार कर्ण , सहकोषाध्यक्ष सुनमाया पाख्रिन सदस्यहरू दिपेन्द्र प्रसाद यादव, मनोज पाठक, रमिता उपाध्याय , देवराज ढुङ्गेल, मधुसुदन हुमागाईँ, प्रविधिमैत्री शिक्षक समाजका जिल्ला अध्यक्ष जीवन तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।