पल शाहको मुद्दा प्रतिवादीबाट स्थगित

तु खबर संवाददाता
२०७९ भाद्र ८,बुधबार १७:१९
file-photo

नवलपुर । अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो ।

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्वर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जनाएको छ ।