थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । उनी बुधबार निलम्बित भएका हुन् । उनलाई थाइल्यान्डको उच्च अदालतले निलम्बन गरेको हो ।
विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए ।
उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् ।