बागमती प्रदेशका स्वास्थ्य मन्त्री लामालाई कोरोना पुष्टि

तु खबर संवाददाता
२०७९ भाद्र १३,सोमबार ०८:१९
file-photo

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य प्रतिकुल भएपछि कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको मन्त्री लामाले आफ्नो आधिकारिक फेसबुक पेजमा जनाएका हुन् ।

उनले डेङ्गु नेगेटिभ आएको तर, कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । मन्त्री लामाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंस्थित घरमा ुहोम आइसोलेसनु मा रहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री लामाले अहिले डेंगू र कोरोना संक्रमणको जोखिम बढेकाले सतर्क रहन सबैलाई अनुरोध गरेका छन् । उनले स्वास्थ्यमा केही सुधार आउनसाथ नियमित जिम्मेवरीमा फर्किने जानकारी दिएका छन् । मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए ।