हेटौंडा जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम हुँदै

तु खबर संवाददाता
२०७९ भाद्र १७,शुक्रबार १७:५५

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा आगामी हप्तादेखि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम सुरु हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जेसीज अध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी गराएका हुन् ।

उनका अनुसार, आइतबार भदौ १९ गते लागूऔषधविरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम आयोजना गरिनेछ । यस्तै, भदौ २० गते रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफूल वितरण कार्यक्रम, भदौ २१ गते जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल खेल, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम गर्ने भएको छ ।

यसैगरी, जेसीज सप्ताह कार्यक्रमअन्तर्गत भदौ २२ गते वृक्षारोपण कार्यक्रम र अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता, भदौ २३ गते अम्बिकादेवी स्मृति हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम, भदौ २४ गते बारा मकवानपुरको सीमा चुरियामाई मन्दिर अगाडिस्वागत बोर्ड राखिने र हेटौंडा–९ मा ट्राफिक सचेतना कार्यक्रम र भदौ २५ गते जेसीज सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुने सीज महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितात्मक कार्यक्रममा भने नगदसहित पुरस्कारहरुको समेत व्यवस्था रहेको उनले बताए । पत्रकार सम्मेलनमा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ, सह संयोजक महेश अधिकारी, महासचिव विकेशलाल श्रेष्ठ लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।