राप्रपाद्वारा हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज शुक्रबा दिउँसो हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख रुपैँया दिने उपमहानगरपालिकाको निर्णयविरुद्ध राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहरुले उक्त निर्णयलाई तत्काल सच्याउन माग गरेका छन् । विकास निर्माणका खर्च गनुैपर्ने रकम कुनै पार्टीको निकट संगठनको अधिवेशनलाई कार्यपालिकाकाको बैठकबाटै रकम दिने निर्णय गर्नु गैरजिम्मेवार काम भएको भन्दै आफुहरुले विरोध कार्यक्रमको आयोजना गरिएको जिल्ला सदस्य एवम् युवा नेता सम्राट सिंहले जानकारी दिए ।
उपमहानगरपालिकाको गत भदौ १५ गते सम्पन्न कार्यपालिका बैठकले प्रेस युनियनलाई साउन ६ र ७ गते हेटौंडामा भएको ९ औँ राष्ट्रिय अधिवेशनमा भएको खर्चमध्ये १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको थियो ।