क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २०,सोमबार ०८:३७
सांकेतिक तस्वीर

काठमाडौं । क्यानडामा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनामा १० जनाको मृत्यु भएको हो । घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ ।

घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा भएको हो । उक्त घटनामा परेर एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ । जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ ।