मकवानपुर ट्राफिक प्रहरीद्वारा २४ लाखको राजस्व संकलन

तु खबर संवाददाता
२०७९ भाद्र २०,सोमबार १०:००
file-photo

मकवानपुर । मकवानपुर ट्राफिक प्रहरीले एक महिनाको अवधिमा २४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको साउन महिनामा सवारी साधनलाई जरीवाना गरेर २४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

प्रहरीले साउन महिनामा ३ हजार २ सय ५० वटा सवारी साधनलाई कारबाही गरेर उक्त रकमको राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङमा उल्लेख छ ।

प्रहरीका अनुसार, जिल्लामा साउन महिनामा ७ सय ६४ वटा ट्रक, ट्याङ्कर र टिपरलाई कारबाही गरेर ६ लाख ९१ हजार रुपैयाँ, ४ सय ७८ वटा बसलाई कारबाही गरेर ३ लाख ५६ हजार रुपैयाँ, ६ सय ४२ वटा जीप र कारलाई कारबाही गरेर ४ लाख ३३ हजार ५ सय रुपैयाँ, ७ सय ८० मोटरसाइकललाई कारबाही गरेर ५ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।

यसैगरी, ९१ वटा ट्याक्टरलाई कारबाही गरेर ७२ हजार रुपैयाँ र ४ सय ९५ वटा अटो, ट्याम्पो र मयूरीलाई कारबाही गरेर ३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।