क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको हो । सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ ।
सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीका दर्ता भएको जाहेरीमा उल्लेख गरिएको छ ।