किंरात देवास राई समुदायको राष्ट्रिय सम्मेलन हेटौंडामा हुँदै

मकवानपुर । किंरात देवास राई उत्थान समाज नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन शनिबार हेटौंडामा हुँदैछ ।
सम्मेलनको उद्घाटन समारोहमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राई समुदायको छाता संगठन किंरात राई (यायोखा) को केन्द्रीय महासचिव जनक राईको उपस्थिति रहने जनाइएको छ ।
२ दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन झाँकीसहितको राई समुदायको पहिचान झल्कने प्रस्तुती पनि देखाइने समाजका केन्द्रीय अध्यक्ष आस्मान राईले जानकारी दिए । त्यस्तै सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने मकवानपुर शाखा अध्यक्ष बद्रीबहादुर राईले बताए ।
सम्मेलनमा देशैभरीका किंरात राई समुदायका हजारौँको सहभागिता रहने जनाइएको छ ।