विज्ञान शिक्षक समाजको राक्सिराङ र मनहरिमा कार्यसमिति गठन
मकवानपुर । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको मनहरीमा २५ गते शनिवार भएको भेलाले राक्सिराङ र मनहरी गाउँपालिकाको कार्यसमिति चयन गरेको छ । संयुक्त रूपमा भएको भेलाले राक्सिराङ गाउँपालिकामा कृष्णकुमार गुप्ता र मनहरीमा ओम प्रकाश सापकोटाको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।
राक्सिराङ भेला आयोजक समितिका संयोजक कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र समाजका जिल्ला उपाध्यक्ष भरत प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा स्वागत मन्तव्य मनहरी पालिका भेला आयोजक समितिका संयोजक ओम प्रसाद सापकोटाले गरेका थिए । समाजका जिल्ला समिति सहसचिव नितेश ठाकुर र शिक्षक राधेलाल मण्डलले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले मनहरी उपाध्यक्षमा राम आशिष महतो, सचिवमा राहुल ढुङ्गेल, सहसचिवमा खेम प्रसाद सापकोटा , कोषाध्यक्षमा मुकेश महतो, सहकोषाध्यक्षमा सुसन बानिँयालाई जिम्मेवारी दिएको छ । त्यस्तै राक्सिराङमा उपाध्यक्षमा रोजी राना मगर , सचिव जयराम पौडेल , सहसचिव जेनिश तामाङ , कोषाध्यक्ष सविना भारती, सहकोषाध्यक्ष अनिता भगत, सदस्यहरूमा मनिष तामाङ , मनोज सहनी, सुब्बा घलान, मिथुन रुम्बा र नारायण महतो रहने गरी कार्यसमिति गठन भएको छ ।