राई उत्थान समाज नेपालको अध्यक्षमा पुनः आस्मान राई चयन

मकवानपुर । किरात देवास राई उत्थान समाज नेपालको अध्यक्षमा पुनः आस्मान राई चयन भएका छन् । राई उत्थान समाजको शनिबार र आइतबार हेटौंडामा भएको ५ औं राष्ट्रिय सम्मेलनले अध्यक्ष पदमा उनलाई पुनः चयन गरेको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा श्यामबहादुर राई चयन भएका छन् भने उपाध्यक्षहरु क्रमशः राजमान राई, रामभक्त राई, ज्ञानबहादुर राई, रामबहादुर राई चयन भएका छन् ।
यसैगरी, महासचिवमा रामकुमार राई, सचिवमा क्रमशः प्रमोदकुमार राई, सम्झना राई, चन्द्रबहादुर राई र विदुर राई चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा गंगा राई, सहकोषाध्यक्षमा मुखिया राई चयन भएका छन् ।
यसैगरी, सदस्यहरु क्रमशः शान्तिकुमारी राई, छत्र राई, केशव राई, सीता राई, सुकुम राई, सूर्य राई, सूर्यकुमार राई, उर्मिला राई र चन्द्रकमार राई रहेका छन् ।