वनदेवी आधारभुत विद्यालय हेटौंडा–१५ को अभिभावक भेला सम्पन्न
मकवानपुर । वनदेवी आधारभुत विद्यालय हेटौंडा–१५ फायरलाइनको ३२ औँ अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट डिलबहादुर घिमिरेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति सर्वसहमतिबाट गठन भएको छ ।
भेला हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता तथा शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
सो भेलामा विद्यालका शैक्षिक तर्फका सहायक प्रधानाध्यापक कुमार रुम्बाले शैक्षिक सत्र २०७८ को प्रगति प्रतिबेदन तथा शैक्षिक सत्र २०७९ को प्रस्तावित योजना प्रस्तुत गरेका थिए । यस्तै, आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को लेखापरीक्षण प्रतिबेदन तथा आर्थिक वर्ष २०७८/७९को आयव्यय विवरण विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ ।
विद्यालयकी शिक्षक भावना सापकोटाले सहजीकरण गरेको कार्यक्रममा प्रशासनिक सहायक प्रधानाध्यापक उमा कुमारी ढुङ्गेलले स्वागत मन्तव्य व्यक्र गरेकी थिइन् ।
कायक्रममा विद्यालयमा लामो समय कार्यरत रही सेवा निवृत्त भएका शिक्षक राजेन्द्र गौतमलाई बिदाइ तथा सम्मान गरी दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा नगद १० हजार रुपैयाँसहित सेवा निवृत्त कार्यालय सहयोगी ज्योतिमाया लामालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी, विद्यालयलाई नगद ५२ हजार पाँच सय रुपैयाँ सहयोग गर्ने समाजसेवि इन्द्रप्रसाद मैनाली र नगद ३० हजार रुपैयाँ सहयोग गर्ने ममइ देउजालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
सोही कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने सबै कक्षाका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिक रुपमा उत्कृष्ट सरसफाइ, अनुशासित, जेहेन्दार, धेरै उपस्थिति हुने विद्यार्थी र विद्यालय उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । साथै अपाङ्ग , दलित र छात्राहरुका लागि प्राप्त छात्रवृत्तीरकम समेत वितरण गरिएको छ ।