जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो
![](https://www.tukhabar.com/wp-content/uploads/2019/09/japan-udan.jpg)
काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो ।
गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।